२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अनुयायी बलात्कार मुद्दामा सिद्धबाबाले उच्चबाट पाए सफाइ

२५ भदौ, विराटनगर। आफ्नै अनुयायीमाथि बलात्कारको आरोप खेपिरहेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले उच्च अदालत विराटनगरबाट पनि सफाइ पाएका छन् । बलात्कार मुद्दामा अडियो रेकर्ड परीक्षण गर्ने प्रविधिकको विज्ञतामा प्रश्न उठाउँदै जिल्ला अदालत सुनसरीले उनलाई सफाइ दिएको थियो ।

जिल्लाको फैसलाविरुद्ध सरकारी वकिलको कार्यालयले उच्च अदालत विराटनगरमा पुनरावेदन गरेको थियो । मंगलबार उच्च अदालत विराटनगरका न्यायाधीश विमल सुवेदी र राजेन्द्र अधिकारीको संयुक्त इजलासले जिल्लाको फैसला सदर गरेको हो ।

२०७६ कात्तिक दोस्रो साता राति साढे १२ बजे चतरास्थित आश्रममा कृष्णबहादुर गिरीले जवरजस्तीकरणी गरेको दाबीसहित उनकै अनुयायीले प्रहरीमा जाहेरी दिएकी थिइन् ।

अनुयायी बलात्कार आरोपको मुद्दामा जिल्ला अदालत सुनसरीले गत २७ भदौ २०८०मा गिरीलाई सफाइ दिएको थियो । त्यसअघि २२ मंसिर २०७७ मा जिल्ला अदालत सुनसरीका तत्कालिन न्यायाधीश ९हाल उच्च अदालतका न्यायाधीश० अर्जुनप्रसाद कोइरालाको इजलासले गिरीलाई सफाइ दिएको थियो । तर, उच्च अदालत विराटनगरले पुनस् प्रमाण बुझेर फैसला गर्नु भन्दै जिल्लामै मुद्दा फर्काइदिएपछि जिल्ला न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले २७ भदौ २०८० मा सफाइ दिएको थियो ।

प्रकाशित मिति : २०८१ भाद्र २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस