२०८१ पुष ७ गते आइतवार | 2024 December 22nd Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कुमारी बैंकको २२ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको २२ हजार ३२७ कित्ता शेयर बिक्रीमा राखेको हो ।

उक्त शेयर हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउँछन् । शेयर किन्न इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल वा बैंकको प्रधान कार्यालयमा निवेदन दिनु पर्नेछ । शेयरको मूल्य बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ । तोकिएको समयावधिभित्र संस्थापकहरूले सो शेयर नकिनेको खण्डमा सर्वसाधारणमा बिक्री खुला गरिने सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २०८१ भाद्र २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस