२०८१ असोज ९ गते बुधवार | 2024 September 25th Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कर्मचारीको खाजा समय घटाउने निर्णय सार्वजनिक गर्दै प्रधानमन्त्रीले भने पालना नभए हेल्लो सरकारमा कम्प्लेन गर्नु

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरका कर्मचारीहरुको खाजा समय घटाउने निर्णय गरेको जानकारी दिएका छन् । एक घण्टा खाजा समय भन्दै कर्मचारीहरु जनतालाई सास्ति दिनेगरी पूरा एक घण्टा बस्ने गरेको गुनासो आएपछि अब आधा घण्टा मात्र कायम भएको प्रधानमन्त्रीले ओलीले जनाएका छन् ।

उनले अब सरकारी कार्यालयमा खाजा समय एक घण्टाबाट घटाएर हरेक दिन १ः३० देखि २ बजेसम्म कायम गरिएको जानकारी दिएका छन् । कार्यालयको खाजा समयबारे यदि यस नियमलाई उल्लंघन गरेको पाइएमा हेल्लो सरकारमा कम्प्लेन गर्नपनि उनले अनुरोध गरेका छन् ।

प्रकाशित मिति : २०८१ भाद्र २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस