काठमाडौँ । सिन्धुपाल्चोक जिल्लाको शिखरपुर आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ६:११ बजे सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रविन्दु भएर ४.२ दुई रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पको धक्का सिन्धुपाल्चोक र काठमाडौंलगायतका आसपासका जिल्लामा समेत महसुस भएको थियो । यसअघि यही भदौ १५ गते मनाङको थोचे आसपास केन्द्रविन्दु भएर भूकम्प गएको थियो ।