२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

प्रकाशलाई हेर्ने कथाको टिमले १६ महिनादेखि रिहल्सन गराइरहेको थियो, पहिले नै पुगेका थिए घर

विराटनगर । अहिले पक्का (प्रकाश), शुक्रे वा काले तामाङ खुबै चर्चामा छन् । हेर्ने कथा नामक युबट्युब च्यानलले बाल्यकालमा नै (३५ बर्ष अघि) घर जाने बाटो भुलेर काठमाडौंबाट बेपत्ता भइ गोरखाको चुमभ्यालीस्थित छेकम्पारमा अर्काको घरमा गोठालो बसिरहेकालाई घरपरिवार (आमा,बुबाको सम्पर्कमा पुर्याएको भिडियो खुबै भाइरल छ ।

यो भिडियोपछि यसकी प्रस्तोता विद्या चापागाईं खुबै चर्चामा छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीसहित देश विदेशले विद्याको प्रसंशा गरिरहेको छ । प्रकाशलाई सहानुभूति र साथ सहयोग दिइरहेका छन् । प्रकाश हालै प्रधानमन्त्रीलाई भेट् काठमाडौं आएका छन् । उनलाई नागरिकता दिन प्रधानमन्त्रीले गृहसचिवलाई आदेश दिएका छन् । सचिवको आदेश अनुसार प्रमुख जिल्ला अधिकारीले प्रकाशको घरमा नै पुगेर विवरण संकलन गरेर नागरिकता दिन बोलाई सकेको छ । भिडियोमा त्यही दिन मात्र प्रकाशले घरपरिवार र आफन्त भेटेको देखाइएको छ ।

भिडियो सबै यर्थाथ देखिन्छ । तर अहिले केही रहस्य बाहिर आएको छ । प्रकाशलाई हेर्ने कथाको टिमले १६ महिना अघि नै भेटेको थियो । त्यही समयदेखि हेर्ने कथाको टीमसँगै बसेर के–के बोल्ने, यसपछि के–के हुनसक्छ सबै जानकारी र प्रशिक्षण गरिरहेको खुलेको छ । भिडियो आउनुभन्दा पहिले नै प्रकाश घर पुगेर बाबु आमालाई भेटिसकेकोपनि खुल्न आएको छ ।

उनले केही समय अघि नै नागरिकता बनाउँन प्रयास गरिसकेका थिए । तर वडाले उनलाई सिफारिस दिन अस्वीकार गर्यो । तर भिडियो भाइरल भएपछि उनलाई नागरिकताको सिफारिस दिन आतुर छ । यो सुन्दा देशको व्यवस्थाप्रति तपाईहरुलाईपनि वितृष्णा पक्कै लाग्छ । अझै केही तथ्य पढ्दै जानुहोला ।

हेर्ने कथाको टिमले १६ महिना अगाडि उनलाई गोरखाको चुमभ्यालीमा भेट्टायो र, कथा बनायो । यही क्रममा प्रकाशले आफ्ना आमा बुबालाई भेटेका थिए । यो कथा १६ महिनापछि युट्युब च्यानलमा सार्वजनिक भएपछि सर्वत्र चर्चित भयो ।

‘काले तामाङ’ उर्फ प्रकाशलाई नागरिकता प्रमाणपत्रका लागि सिफारिस नदिने वडा कार्यालय अहिले उनको घरमै पुगेर सिफारिस दिन आतुर देखिन्छ । प्रमुख जिल्ला अधिकारीले प्रकाशको बुबा–आमा बसेको षडानन्द नगरपालिका १० नम्बर वडाका वडाध्यक्ष पेमा दोर्ची शेर्पालाई फोन गरे । वडाध्यक्षसहितको टोली बुधवार नै त्यहाँ पुग्यो र आवश्यक विवरण सङ्कलन गर्‍यो । शेर्पाका अनुसार प्रकाशको घर परिवारसँग कुरा गर्नुको साथै उनलाई फोन गरेर नागरिकता लिन एक हप्तामा आइपुग्न आग्रह गरेका छन् ।

समय बदलिएको छ । करिब एक वर्ष अगाडि आफ्नो नागरिकता बनाउन वडा कार्यालय पुगेर पनि सिफारिस नपाएका प्रकाशलाई अहिले सिफारिस लिन बोलाइएको छ । उति बेला ‘डकुमेन्ट’ पुर्‍याएर आउनू भनेर वडा कार्यालयले फर्काइ दिएको थियो । ‘नागरिकता बनाउन खोजेको, तर भएन । जन्म दर्ता चाहिन्छ । झापाबाट आएको बसाइसराइ चाहिन्छ भने,’ नागरिकताको सिफारिस लिन वडा कार्यालय जाँदा कर्मचारीले दिएको जवाफ सम्झँदै उनले केही खुलाएका छन् ।

प्रकाशका बुबा लोकबहादुर तामाङ र आमा सञ्चमाया तामाङ अहिले भोजपुरको षडानन्द नगरपालिका १० स्थित खोट डाँडामा बस्छन् । ‘अहिले उहाँहरू अर्काको जग्गामै बसेका छन् । तामाङ परिवारलाई ६७ सालको नागरिकता वितरण घुम्ती टोलीले नागरिकता प्रदान गरेको थियो । ‘टोलीले दिएको उनको बुबा–आमाको नागरिकतालाई टेकेर गाउँमा सर्जिमिन मुचुल्का बनाउँछौँ । त्यसकै आधारमा हामी घरमै गएर नागरिकताको सिफारिस दिन्छौ अहिले एक अधिकारीले खुलाए ।

बुबा लोकबहादुरको परिवार सोलुखुम्बुको मुलखर्क (हाल दूधकोशी गाउँपालिका) बाट ४४–४५ सालमा झापा झरेको थियो । झापामा अर्काको जग्गामा बसेको तामाङ परिवार केही महिनापछि भोजपुरको साम्पाङ पुग्यो । तामाङ परिवार फेरि झापा झर्‍यो । भोजपुर साम्पाङबासी एक जनाले घर जग्गा सम्हालेर बस्न भनेर बोलाएपछि तामाङ परिवार पुनः ४७ सालतिर भोजपुर नै फर्किएर स्थायी ढङ्गले बसोबास गरिरहेको छ ।

प्रकाशका एक जना दाइ विराट तामाङ र कान्छो सञ्जीव तामाङ हुन् भने उनी माइला हुन् । उनको न्वारानको नाम शुक्र तामाङ हो । तर, कालो वर्णको भएको कारण उनका बुबा आमाले उनलाई ‘काले’ भनेर बोलाउँथे । गोरखामा भने उनको नाम प्रकाश रह्यो । हेर्ने कथामा उल्लेख भएअनुसार झण्डै ३५ वर्ष अगाडि झापाबाट प्रकाश गलैँचा बुन्न भनी उनकी दिदी शान्ति तामाङसँग काठमाडौँ गए । काठमाडौँमा उनलाई सानै भएको भनेर काम गर्नै दिइएन । त्यसपछि उनकी दिदी झापा नै फर्किइन् । तर, प्रकाश बेपत्ता भए । उनलाई उत्तरी गोर्खाका मान्छेले गोठालोको रूपमा काम गर्न भन्दै चुम भ्याली पुर्‍याए ।

 

प्रकाशित मिति : २०८१ भाद्र १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस