२०८१ असोज २७ गते आइतवार | 2024 October 13th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त

काठमाडौं । सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसीलाई नियुक्त गरेको छ । बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले डिसीलाई बोर्डको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।

चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्तिका लागि तीन जनाको नाम मन्त्रिपरिषद् बैठकमा सिफारिस भएको थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार डिसीसँगै, दीपा पाण्डे र राजेश थापाको नाम सिफारिस भएको थियो ।

चलचित्र बोर्डको अध्यक्षका लागि अभिनेत्री करिश्मा मानन्धरले पनि आवेदन दिएकोमा प्रस्तुतीको आधारमा ३ जनाको नाम सर्टलिस्टमा छानिएको थियो । आवेदन दिएकामध्ये सिफारिस भएका ३ जनासँगै मानन्धर, प्रकाश भट्टराई र अर्जुनकुमार डंगोलसहित ६ जनाको आवेदन स्वीकृत भएको थियो ।

प्रकाशित मिति : २०८१ भाद्र १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस