२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नयाँ ऋणका लागि एनसेललाई कुनै बैंकले पत्याएनन्, नबिल बैंकसहितको अर्बौ रुपैयाँ डुब्न लागेको हो ?

काठमाडौं । बदमासीपूर्ण रुपमा राष्ट्रलाई नै क्षति हुनेगरी विदेशीको नाममा रहेको एनसेललाई एकाएक नेपालीको नाममा सारियो । विदेशी लगानीमा स्थापित टेलिकम कम्पनी २५ बर्ष पुगेपछि स्वत राज्यको नाममा आउने कानूनलाई धोती लगाउन विदेशीबाट अवधि पुग्नै लाग्दा नेपालीमा सारियो ।

यसले राज्यलाई ठूलो क्षति त हुँदैछ नै बदमासलाई नेपाली वित्तीय कम्पनीलेपनि नपत्याएका कारण आत्तिएका छन् । एनसेलका उच्च पदस्थहरु विभिन्न बैंकका सिईओहरुको कार्यकक्ष बाहिर प्रतिक्षा गरिरहेको आजभोलि देख्न सकिन्छ । तीन अर्ब रुपैयाँका लागि बैंक–बैंक चाहार्दै आएका अधिकारीहरुलाई बैंकका उच्च तहका अधिकारीहरुले तत्काल ऋण दिन नसक्ने भन्दै फर्काउँदै आएका छन् ।

एनसेलले तत्काल सरकारलाई तिर्नुपर्ने ३ अर्ब रुपैयाँ सबै रकम एउटै बैंकले नपत्याएपछि पछिल्लो समय तीन वटा बैंकबाट एक–एक अर्ब रुपैयाँ ऋण लिन भन्दै कर्मचारीहरु भौतारिरहेका छन् । एनसेलले सरकारलाई तिर्नुपर्ने कर रकम यही भदौं १५ गतेभित्र तीन अर्ब रुपैयाँ दाखिला नगरेमा एनसेलको सम्पूर्ण सेवा बन्द हुनेछ ।

त्यसको लागि कम्पनीले तीन अर्ब जुटाउन विभिन्न माध्यमहरुमार्फत ऋण खोजिरहेको छ । सतिशलाल आचार्य आफैले विभिन्न च्यालनहरु प्रयोग गर्दा समेत तीन अर्ब रुपैयाँ जुटाउन नसकेपछि अहिले एनसेल संकटमा परेको छ । एनसेलको लेखापरिक्षण प्रतिवेदन अनुसार आव २०७८।०७९ कै वित्तिय विवरणमा खुद सम्पत्ति र कूल दायित्व बराबरी जस्तै भइसकेको थियो । २०८०।०८१ सम्म आईपुग्दा कूल सम्पत्ति भन्दा र कूल दायित्वको धेरै माथि पुगिसकेको छ । जसका कारण कुनै पनि बैंकले ऋण नदिएका हुन् ।

उता, यसअघि एनसेललाई ऋण दिने बैंकहरुलाई पनि थप अप्ठेरो पर्ने देखिएको छ । सबैभन्दा धेरै नबिल बैंकले एनसेललाई ऋण दिएको छ । यद्यपि नबिल बैंकले आफ्नो बैंकमा मुद्दति निक्षेप रहेको जनाउँदै आएको थियो । गत वर्ष करिब एक हजार टावर थप गर्दा उक्त मुद्दति निक्षेप समेत सकिएको विश्वास गरिएको छ । एनसेल डुब्ने अवस्थामा पुग्दा बैंकहरुको अर्बौ रुपैयाँ ऋण समेत के हुन्छ ? भनेर अहिले नै भन्न सक्ने अवस्था छैन । बैंकहरुले चार करोडको कम्पनीलाई अन्धाधुन्द अर्बौ रुपैयाँ ऋण दिएका थिए । विदेशीबाट कौडिको भरमा राज्यलाई छल्न किनबेच भएको नाटक गरिएको सबैले सजिलै अनुमान गर्न सक्छन् ।

 

 

प्रकाशित मिति : २०८१ भाद्र १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस