२०८१ असोज २७ गते आइतवार | 2024 October 13th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

ममता बेपत्ता : शंकालु समाजको परिणाम

सरस्वती भट्ट । यी कलम दबाउन खोजेको खोजै थिएँ तर मानेन । छोरी कति कर्णप्रीय शव्द, कति प्यारो । छोरी भएको घर स्वर्ग । गृहलक्ष्मीको आगमन । हार्दिक वधाई वाहा ! एकबाट दुई हुनासाथ छोरीछोरी । तपाइको त छोरीछोरी दुई वर्ष अगाडी पहिलो छोरीको रुपमा गृहलक्ष्मी बनेकी उनी, अव ठूली छोरी भइन् भाई वोलाउनु पर्दैन । अब ति अजानले बहिनी हैर्ने कि भाई वोलाउने ?

अब जिम्मेवारी थपिदै छ छोरी भएर यसरि बलेको, छोरीले बोल्ने शव्दकोष फरक हुनु पर्ने । पढ्दै बढ्दै सवै संस्कार र संकृतिसँग भिज्दै घर र समाजसँगको संकोचसँगको हुर्काई । जति गहिरियो त्यति जटिलता । सवैको शाहस इनहेडुना (पहिलो महिला लेखक) रोमन्डे डे लोराचे (पहिलो महिला विमान चालक) भ्यालेन्तिना (पहिलो अन्तरिक्ष यात्री महिला) को जस्तो कहाँ हुन्छ ? कति कुराहरु व्यक्ति जन्मिएको हुर्किएको भुगोल, उसको पारिवारिक अवस्था (आर्थिक, वौद्दिक, सामाजिक) परिवारको संख्या र प्राथमिक शिक्षाको अवस्थाले उसको जीवनमा महत्व राख्दछ।

झनै हाम्रो जस्तो अल्पविकशित देशमा त सामाजिक चेतनाले पनि ठुलो भूमिका खेलेको हुन्छ। त्यो संगै उसको व्यक्तिगत क्षमता। क्षमताकै कुरा गर्दा पनि महिला क्षमता सहानुभूति र दबावको श्रृखलाले उद्धत गर्दछ। पकृतिबाटै ठगिएकाले होला । लैंगिक जटिलतासँगै पारिवारिक सामाजिक आर्थिक साँकृतिक जिम्मेवारी । क्षमताको वृद्धि विकाश र प्रयोग यो त दोस्रो पाटो। सानोमा वुवा, दाजुभाई लगायतका पुरुष आफन्तको दवदवा समयसँगै शारीरिक, वौद्धिक विकाश र व्यवस्थापनको चुनौती ।

आफ्नो जन्मदाता र परिवारको संरक्षण भित्र झेलेको चुनौती त सामान्य रहे । त्यसपछि विस्तारित भविष्य र जटिलता, विवाह (परम्परागत, मागी, भागी इत्यादि) अर्थ एउटै जीवन साथी । शव्दको गहिराई, सम्वन्धको धर्म महत्व र कर्तव्य निर्वाह गर्ने भदिए अगाडी उल्लेखित अप्ठारोलाई प्राकृतिक मान्दै अगाडी वढ्न संझौता गर्नै पर्छ। जुन प्राकृति मैत्री सिद्दान्त नै हो । कालगतीले तुहिने वा एक्लिने जटिलता बाहेक सकेसम्म सहयात्राको अधिकतम् प्रयास गर्नुपर्दछ जसको लागि अनावश्यक दवाव (आर्थिक,भौत्तिक नैतिक, मानसिक) शुन्य वनाउने प्रयासमा दुवैको समझदारी र उत्तरदायित्व हुनुपर्छ।

योसँगै विध्यमान ऐन कानून मानविय धर्म सम्वन्धको दायित्व मा वफादार रहनुसँगै सरल आर्थिक व्यवस्थापन गर्न सके जीवनमा पछुतो नहोला तर एकपक्ष अनउत्तरदायी बनिदिदा निम्तने जटिलता र यस्को नतिजा भयंकर वन्न सक्छ ।
यो लेखमा नारिको जीवन चित्रण गर्न खोजेकोले पनि नारि प्राथमिकता परे । यसको मतलब सवै महिला इमानदार नैतिकवान् र समझदार हुन्छन् भन्ने चाहि होइन। तर प्राकृतिक हिसाबले शारीरिक अवस्था र दायित्व अध्ययन गर्दा नारी भूमिका अत्यन्त गहन र संवेदनशील छ । यो सबै कुराको मर्म वुझ्ने र पाप धर्मको ख्याल नभएको जीवनसाथी पर्यो भने महिलाको जीवन आँसु वा अकालमा मृत्युको मुखमा पुग्ने निश्चित छ।

भर्खरै अमेरिकामा वेपत्ता (हत्याको शंका)मा रहेकी बहिनी ममता काफ्ले भट्टको घटना यसको ज्वलन्त उदाहरण हो। स्वार्थ र शंकाले ग्रस्त सम्बन्धको जटिलता यसले उजागर गरेको छ। महिलाको जीवन चक्र गजब कै छ । शारीरिक विकाससँगै विकसित हुने रजस्वलालाई शारीरिक र प्रजनन विकासको चरण मानिन्छ । महिलाको मासिक स्रावको समय पनि आफैंमा जटिल समय हो । तर यो लगभग १५ देखि ४९ वर्ष सम्म लगातार प्राय महिना हुने प्राकृतिक प्रकृया भएकोले सामान्य मानिन्छ । तर वुझ्न यो जरुरी छ कि यो समय महिलामा हर्मोनको परिवर्तन रहने हुदा महिलामा शारीरिक पिढासँगै मानसिक तनाव रहने गर्दछ । यो भन्दा जटिल समय गर्वास्था हो । यो समय यदि परिवार र श्रीमानको मिठो साथ र मायाँ रहेन भने आमा र वच्चा दुवैको शारीरिक र मानसिक अवश्थामा दूरगामी असर पर्न जान्छ।

यो सबैको वावजुद सृष्टिको चक्र र मानवीय दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता छ जसका लागि नारी पुरुष दुवै अति संवेदनशील हुन जरुरी छ। कुनै पनि कुरा पुर्ण भन्ने हुदै हुदैन अभाव भित्र सम्पन्नता, असन्तुटि भित्र सन्तुष्टि, अपूर्णता भित्र पुर्णता खोज्ने पर्खने प्राप्त गर्ने साहस र संकल्प हुने भए न सम्वन्धमा दरार आउथ्यो नत सम्बन्धकै कारण जीवन जोखिममा पर्दथ्यो ।

यो सवै समस्याको बाबजुद जीवन अगाडी वढाउनु पर्ने जन्मको धर्म हो।आजका मानिसमा अनावश्यक प्रतिपर्धा र अनुशरणको डरलाग्दो रोग छ, यहि रोग विस्तारै मनोरोग बन्दै परिवार समाज हुदै सवैतिर फैलन्छ जुन सरुवा रोग भन्दा पनि जटिल छ । जसका कारण पनि अपराध जन्य घटना बढिरहेका हुन्। योसँगसगै सम्वन्ध भित्रको अविश्वास सवैभन्दा ठूलो समस्या छ। जव दुवैपक्षको वुझाइको स्तर मिल्दैन तव समस्याको विजारोपण हुन्छ जसको निराकरण विश्वास मात्र हो।

वफादारिता व्यक्तिको सम्पत्ति हो तर जसको गहिराई दुवै पक्षले वुझ्न नसक्दा पनि अनेकौं समस्या निम्तन्छ। संसारमा यो छैन जुन सर्वगुण सम्पन्न छ तर सानो–सानो कुरामा खुशी, आफूमा आत्माविश्वास र अरुमा आवश्यकता अनुरुपको विश्वासको विकल्प हुदैन। साथै अल्पशिक्षा भयंकर, आज नैतिक शिक्षाको अभाव सवैतिर देखिन्छ । यसको निराकरण वा रोकथाम हाम्रो सहनशिलता, धैर्यता अनुशासन र त्यागबाट सम्भव छ। प्रकृतिको संरचना नारी र नारी संवेदनालाई अझ राम्रोसँग वुझ्न सके मात्र स्वस्थ जीवन सुखी परिवार र सकरात्मक समाजको परिकल्पना गर्न सकिन्छ।

 

 

प्रकाशित मिति : २०८१ भाद्र ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस