२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पाल्पाको भगवती रथयात्रामा राष्ट्रपति सहभागी हुने, प्रदेश सरकारले दियो सार्वजनिक बिदा

The President will participate in the Bhagwati Rath Yatra in Palpa

१० भदौ, पाल्पा । पाल्पास्थित भगवती रथयात्रामा पहिलोपटक राष्ट्रप्रमुखको सहभागिता हुने भएको छ । हरेक वर्ष भाद्र कृष्ण नवमीका दिन मनाइने रणजीरेश्वरी भगवतीको रथयात्रामा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने जनाइएको छ ।

भगवती गुठीका अनुसार भगवती मन्दिरमा पूजा आराधना र रथयात्राको अवलोकेनका लागि लागि राष्ट्रपति पौडेलको उपस्थिति हुने पक्का भएको छ । नेपाल–अंग्रेज युद्धमा नुवाकोट जितगढीमा अंग्रेज सेनालाई पराजित गरेको खुसीयालीमा हरेक वर्ष भाद्र कृष्ण नवमीका दिन पाल्पाको तानसेनमा भगवती जात्रा (भगवतीको रथ यात्रा) निकाल्दै आइएको छ ।

यसपटक १०५ औं रथ यात्रा निकाल्ने तयारी जारी छ । तत्कालीन कर्णेल थापाले युद्धमा जानुअघि भगवतीको आराधना र भाकल गरी विजय प्राप्त गरेको विश्वास स्वरूप त्यसैको खुसीयालीमा भगवतीको रथयात्रा विक्रम सम्वत् १८७७ देखि बजार परिक्रमा गराउन सुरु गरिएको थियो । युद्धमा विजयपश्चात् १८७२ मा निर्माण थालनी गरी १८७६ सालमा तीन तले मन्दिर पूरा गरेको र त्ययसता प्रत्येक वर्ष विजयी उत्सवका रुपमा रथ यात्रा निकाल्न थालिएको थियो ।

कर्णेल थापा नेतृत्वको फौजले १८७२ वैशाख ७ गते जीतगढीमा अंग्रेज सेनालाई पराजित गर्नुभएको थियो । यसैबीच यस वर्षको भगवती रथ यात्राको अवसरमा लुम्बिनी प्रदेश सरकारले पाल्पा जिल्लालाई सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

लुम्बिनी प्रदेश सरकार, आन्तिर मामिला तथा कानुन मन्त्रालयले विज्ञप्ति जारी गर्दै ११ गते मंगलबारको दिन पाल्पा जिल्लामा सार्वजनिक बिदा दिइएको जनाएको छ । मन्त्रालयको कानून अधिकृत अस्मिता अर्यालले हस्ताक्षर गरेको विज्ञप्तिमा पाल्पा जिल्लामा ११ गते भगवतीको जात्राको अवसरमा सार्वजनिक बिदादा दिइएको उल्लेख छ ।

 

प्रकाशित मिति : २०८१ भाद्र १० गते सोमवार
प्रतिक्रिया दिनुहोस