२०८१ असोज २७ गते आइतवार | 2024 October 13th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

ला लिगामा रियल मड्रिडको सहज जित

Easy win for Real Madrid in La Liga

१० भदौ, काठमाडौं । साविक विजेता रियल मड्रिडले स्पानिस ला लिगाको नयाँ सिजनमा पहिलो जित हात पारेको छ । मड्रिडले आइतबार राति भएको खेलमा रियल भाल्लाडोलिडमाथि ३-० को सहज जित हात पारेको हो ।

घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले सबै गोल दोस्रो हाफमा गरेको थियो । रियलका लागि फेडरिक भेलभर्डेले ५०औं, ब्राहिम डियाजले ८८औं र एन्ड्रिकले इन्जुरी टाइमको छैटौं मिनेटमा गोल गरेका थिए । जितपछि दुई खेलबाट ४ अंक जोडेर रियल चौथो स्थानमा उक्लेको छ ।

प्रकाशित मिति : २०८१ भाद्र १० गते सोमवार
प्रतिक्रिया दिनुहोस