२०८१ असोज २७ गते आइतवार | 2024 October 13th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

रानिमहलमा भारतीय कार दुर्घटना हुँदा एक जनाको मृत्यु

Road Accident

१० भदौ, पाल्पा । पाल्पामा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा एक जनाको मृत्य भएको छ । रानिमहल जाँदै गरेको यूपी१४डीएन १०४ नम्बरको कार आइतबार राति पौने ११ बजे तानसेन नगरपालिका–१ नारनडाँडास्थित रानिमहल सडकखण्डमै दुर्घटना भएको हो ।

दुर्घटनामा चालक भारत उत्तर प्रदेशका २८ वर्षीय विकास पाठकको मृत्य भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । गम्भीर घाइते हुनुभएका विकासलाई मिसन अस्पतालमा पठाइएकोमा चिकित्सकले मृत घोषणा गर्नुभएको थियो ।

गाडीमा सवार अन्य पर्यटक भने सकुशल रहेको प्रहरीले जनाएको छ । उहाँहरू सदरमुकाम तानसेनबाट बास बस्नका लागि रानीमहलतर्फ जाने क्रममा दुर्घटना भएको बुझिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २०८१ भाद्र १० गते सोमवार
प्रतिक्रिया दिनुहोस