२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मन्त्री क्वाटरमा भीषण आगलागी

९ भदौ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका–९ लामसुरेस्थित प्रदेश मन्त्री क्वाटरमा आगलागी भएको छ । बागमती प्रदेशका संस्कृति पर्यटन तथा सहकारी मन्त्री बिमल ठकुरीको क्वाटरको माथिल्लो तलाको सभाहलमा बिजुलीको तार सट भई अचानक आगलागी भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।

दमकल र प्रहरीको टोलीले आगलागी पूर्ण रूपमा नियन्त्रणमा लिएको भण्डारीले बताउनुयो । आगलागीबाट इन्भर्टर ब्याट्री ४ थान, ब्याट्री पावर सप्लाई १ थान, वाइफाई राउटर १ थान, कार्पेट–गलैचा १ थान, जिप्सन १०/५ को क्षति भएको छ ।

 

 

प्रकाशित मिति : २०८१ भाद्र ९ गते आइतवार
प्रतिक्रिया दिनुहोस