२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

विष्णु माझीको ‘आइन आमा यो तीजमा’ ले तोड्यो सबै रेकर्ड, एक दिनमा २१ लाख भ्यूज

काठमाडौं । विष्णु माझीको नयाँ तीज गीत ‘आइन आमा यो तीजमा’ २४ घण्टामा सबैभन्दा धेरै हेरिने नेपाली भाषाको गीत बनेको छ । एकैदिनमा यो गीतलाई २१ लाख पटक हेरिएको छ ।

यो समाचार तयार पार्दासम्म (५ः५० बजे) सम्म गीतलाई २१ लाखभन्दा बढी पटक हेरिएको छ । यो ट्रेन्ड कायम रहे, दोस्रो दिन पूरा आज आइतबारसम्म गीतले ३० लाखको आँकडा सजिलै पार गर्ने देखिन्छ ।

शनिबार बिहान ‘सपना म्युजिक इन्डष्ट्रिज’ नामक युट्युव च्यानलबाट गीत रिलिज भएको थियो । यो गीतलाई युट्युवमा अहिलेसम्म १६ हजार बढी प्रतिक्रिया प्राप्त भएका छन् । लाइक समेत १ लाख २५ हजारभन्दा बढी छ । टिकटक र रिल्समा समेत यो गीतमाथि प्रशस्तै भिडियो बनेका छन् । तीनदिनअघि सरकारले टिकटकलाई खुला गरेपछि विष्णु माझीको नयाँ गीतलाई झनै फाइदा पुगेको देखिएको छ ।

यो गीतमा माझीका श्रीमान सुन्दरमणी अधिकारीको शब्द तथा संगीत छ भने आशिष अविरलको एरेन्ज छ । भिडियोमा ललिता पौडेल फिचर्ड हुँदा माझीको पाश्र्वगायन छ । उनको अघिल्लो गीत ‘चरी जेलैमा’ले दुई सातामा १ करोड भ्यूज प्राप्त गरेको थियो । छोटो समयमा करोड क्लबमा पुग्ने गीतमा भने प्रकाश सपुतको गीत ‘सकम्बरी’ छ । सपुतको उक्त गीतले एक सातामा करोड भ्यूज पाएको थियो । साथै, त्यो गीतले रिलिजको दिनमा १० लाख भ्यूज पाएको थियो । यो रेकर्डपनि अब यही गीतले तोड्ने निश्चित बनेको छ । फिल्म ‘छक्कापञ्जा’ श्रृंखलाका केही गीतले पनि २४ घण्टामा ९र१० लाख भ्यूज पाएका थिए ।

 

 

प्रकाशित मिति : २०८१ भाद्र ९ गते आइतवार
प्रतिक्रिया दिनुहोस