२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मानापाथी हिमालमा भयानक हिमपहिरो: ९ घरपरिवार सुरक्षित स्थानमा सारियो, बोक्सीखोलामा पानी बग्न थाल्यो

Terrible avalanche in Manapathi mountain

७ भदौ, काठमाडौं । धौलागिरि हिमश्रृंखलाको मानापानी हिमालमा भयानक हिमपहिरो गएको छ । जोखिम बढेकाले त्यस आसपासका ९ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ । शुक्रबार दिउँसो गएको हिमपहिरोका कारण थासाङ गाउँपालिका–२ का ९ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका डीएसपी भोजराज पाण्डेयले बताउनुभयो । ‘सुरक्षा सतकर्ता अपनाउन भनेका छौं । जोखिमपूर्ण ठाउँका ९ घरपरिवारलाई सुरक्षित ठाउँमा सारिएको छ’, उहाँले भन्नुभयो ।

अहिले भने हिमपहिरोले थुनिएको बोक्सीखोलामा पानी बग्न थालेको डीएसपी पाण्डेयले बताउनुुभयो । ‘अहिले पानीको बहाबले आफ्नो गति लिन थालेको छ । यसअघि थुनिएको खोलामा पानी बग्न थालेको छ । त्यसकारण त्यति जोखिम हुने देखिँदैन’, उहाँले जानकारी दिनुभयो । बोक्सीखोलाका पानी कालीगण्डकी नदीमा गएर मिसिन्छ ।

 

प्रकाशित मिति : २०८१ भाद्र ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस