२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

हिन्दुहरुकै ठूलो भारतको केदारनाथ नजिकै पहिरोमा परी चार नेपालीको मृत्यु

Kedarnath Accident

कञ्चनपुर । भारत उत्तराखण्डको केदारनाथ नजिकै फाटा भन्ने ठाउँमा पहिरोमा परी ४ जना नेपालीको मृत्यु भएको छ । बिहीबार राति घरभित्रै सुतिरहेका बेला आएको पहिरोमा परी नेपाली कामदारको मृत्यु भएको रुद्रप्रयाग प्रहरीले जनाएको छ ।

रुद्रप्रयाग प्रहरीले पहिरोमा परी ४ जनाको मृत्यु भएको पुष्टि गरेको छ । मृत्य हुनेमा तुल बहादुर, पुरन, कृष्ण परीयार र दिपक बोहोरा भएको प्रहरीले जनाएको छ । उनीहरुको पुर्ण विवरण भने अझै खुलिसकेको छैन । पहिरोमा पुरिएका चारैजनाको शव निकालिएको छ । उनीहरुको शव रुद्रप्रयाग अस्पतालमा पुर्‍याइएको छ ।

दिल्ली स्थित नेपाली दुतावासका काउन्सिलर उमा चर्तुवेदीका अनुसार बद्रीनाथनबाट केदारनाथ जाने बाटोमा फाटा भन्ने स्थानमा उक्त घटना भएको हो । घटनास्थल केदारनाथबाट १६ किलोमिटर टाढा र बद्रीनाथबाट ८० किलोमिटरको दुरीमा पर्छ । मजदुरी गर्नेहरुले सडक किनारमै छाप्रो बनाएर बसेका थिए । पहिरोले छाप्रो सहित बगाएको हो ।

‘राती घरभित्रै सुतिरहेका बेला पहिरो आएको छ, पहिरोले नाला नजिकैको घर बगाएको हो,’ चर्तुवेदीले भने, ‘उनीहरुको शव अस्पताल ल्याइएको छ, पूर्ण विवरण आउन बाँकी छ ।’ प्रारम्भिक अनुसन्धानका क्रममा मृतक चारै जना चितवनको भएको जानकारी प्राप्त भएको छ ।

प्रकाशित मिति : २०८१ भाद्र ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस