२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आजपनि घट्यो सुनको मूल्य

Gold Price Today Nepal

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आजपनि घटेको छ । हिजो बिहीबार तोलामा रु एक हजार एक सयले ओरालो लागेको सुनको मूल्य आज ५ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन बिहीबार प्रतितोला रु एक लाख ५१ हजार नौ सय निर्धारण भएको थियो । आज शुक्रबार प्रतितोला रु एक लाख ५१ हजार चार सय निर्धारण भएको छ । बुधबार सुनको मूल्यमा हालसम्मकै उच्च कीर्तिमान कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। चाँदीको मूल्य १५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ८१५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ।

प्रकाशित मिति : २०८१ भाद्र ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस