२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

यी स्थानमा भारी वर्षाको पूर्वानुमान, बिग्रिदो मौसम कहिले सुध्रिन्छ ? यसो भन्छन् मौसमविद्

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान गरेको छ । ती क्षेत्रका सर्वसाधारणलाई सतर्क रहन विभागले भनेको छ । विभागले आज बिहान जारी गरेको बुलेटिनमा लेखिए अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित छ । र, वर्षा गराउने प्रणाली उत्तर–पश्चिम दिशातर्फ सर्दै गइरहेको छ ।

विभागका अनुसार आज सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेश, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

यसैबीच, विभागले कोशी र मधेश प्रदेशका केही स्थान तथा बागमती र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मधेश प्रदेशको बारा जिल्ला आसपासमा भारी वर्षा भएको छ ।

विभागले जारी बर्षा आइतबारबाट सुध्रिदै जाने अनुमान गरेको छ ।

 

प्रकाशित मिति : २०८१ भाद्र ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस