२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता

India will buy additional 251 MW electricity from Nepal

काठमाडौं । भारतको औपचारिक भ्रमणमा रहनुभएकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतीय समकक्षी एस जयशंकरसँग भेटवार्ता गर्नुभएको छ । आइतबार नयाँ दिल्ली पुग्नुभएकी राणाले सोमबार जयशंकरसँग भेटवार्ता गर्नुभएको हो ।

भेटवार्ताका क्रममा दुई देशबीचको हितका लागि सम्बन्ध सुधार र सहकार्यका विषयमा छलफल भएको बताइएको छ । यद्यपी भेटवार्तामा छलफल भएका विषयको विस्तृत विवरण सार्वजनिक हुन बाँकी नै छ । विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जालमा राणासँगको तस्बिर सार्वजनिक गर्दै भारतमा स्वागत गर्नुभएको छ ।

परराष्ट्रमन्त्री राणाले आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिने बताइएको छ। मन्त्री बनेपछि राणाको पहिलो विदेश भ्रमण हो । उहाँ आगामी बिहीबार स्वदेश फर्कने तालिका छ ।

प्रकाशित मिति : २०८१ भाद्र ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस