२०८१ असोज २७ गते आइतवार | 2024 October 13th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

केकी अभिनित माधवी अर्यालको तीज गीत ‘माइतै रमाइलो’ सार्वजनिक (भिडियो )

काठमाडौँ । हिन्दु नारीहरुको महानपर्व हरितालिका तीज आउन केहि हप्ता बाँकी भएसंगै तीजका गीतहरुको म्युजिक भिडियोहरु सार्वजनिक गर्ने क्रम निकै बढेको छ । यस्तैमा लोकप्रिय नायिका केकी अधिकारी अभिनित मौलिक तीज गीत ‘माइतै रमाइलो’को भिडियो सार्वजनिक भएको छ ।

गीतकार शीतल कादम्बिनीको शब्द रचना ,गायिका माधवी अर्यालको स्वरमा रहेको गीतमा माइतीमा तीज मनाउदा हुने रमाइलो पक्षलाई चित्रित गरिएको छ ।पछिल्लो समय आएका बिकृत र अश्लील खाले तीजको गीत बाट दिक्क भएका श्रोता, दर्शकका लागि यो गीत एउटा मौलीक र सन्देश मुलक हुने निर्माण पक्षको दाबी छ

हरि लम्सालद्वारा संगीतबद्ध गीतको भिडियोलाई टुवेल नोट्सको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो निकेश खडका निर्देशित भिडियोमा हरि हुमागाईंको छायांकन र बिकाश धमलाको सम्पादन रहेको छ ।

प्रकाशित मिति : २०८१ भाद्र २ गते आइतवार
प्रतिक्रिया दिनुहोस