२०८१ असोज २६ गते शनिवार | 2024 October 12th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अतिक्रमित जग्गा खाली गर्न चौधरी ग्रुपको चाँदबाग स्कुललाई २ दिनको अल्टिमेटम

२८ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाले अतिक्रमित सार्वजनिक जग्गा दुई दिनभित्र खाली गराउन चाँदबाग स्कुललाई निर्देशन दिएको छ । काठमाडौं महानगर वडा नम्बर ३ मा रहेको सो स्कुलले १० रोपनी सार्वजनिक जग्गा अतिक्रमण गरेको महानगरले जनाएको छ । सार्वजनिक जग्गा संरक्षण अभियानमा जुटेको महानगरले नगर प्रहरीमार्फत माइकिङ गराउँदै अतिक्रमित जग्गा दुई दिनभित्र खाली गर्न स्कुललाई निर्देशन दिएको हो ।

बाँसबारी छालाजुत्ता कारखानाका तत्कालीन अध्यक्षको निर्णयको भरमा ६ भदौ २०४४ मा ६ रोपनी र १८ मंसिरमा थप ४ रोपनी गरी कित्ता नम्बर ५० को १० रोपनी जग्गा च्याम्पियन फुटवेयरको नाममा लगिएको थियो । तर, ९ चैत २०८० मा बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा सरकारको नाममा आएको थियो ।

भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारले ८ साउन २०८१ मा ३ नम्बर वडालाई सो जग्गाको स्रेस्ता उतारेर दिएको थियो । स्रेस्ता पाएपछि वडाले चाँदबाद स्कुललाई हट्न भनेको थियो । महानगर नगर प्रहरीका अनुसार महानगरले यस अगाडि नै सार्वजनिक जग्गा खाली गर्न सूचित गराए पनि दुई दिनको समय राखेर माइकिङ गरेको हो । ‘दुई दिनसम्म जग्गा खाली गरिएन भने बल प्रयोग गरेर भए पनि जग्गा खाली गराउँछ,’ महानगरका एक प्रहरी अधिकारीले जानकारी दिनुभयो । यो स्कुल चौधरी समूहले चलाएको हो ।

 

प्रकाशित मिति : २०८१ साउन २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस