२०८१ असोज २६ गते शनिवार | 2024 October 12th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सामूहिक अन्त्यष्टीमा पूरा गाउँ नै स्तब्ध

गुल्मी । गुल्मीमा पहिरोले पुरिएर मृत्यु भएकाहरूको सामूहिक रूपमा दाहसंस्कार गरिएको छ । जिल्लाको मुसिकोट नगरपालिका –१ बिसौनामा मंगलबार बिहान पहिरोमा परि मृत्यु भएका चार जनाको स्थानीय बढीगाढ खोलामा सामुहिक दाहसंस्कर गरिएको हो ।

मंगलबार बिहान नौ बजेको समयमा बिसौनाका बिष्णु बिकको घर पहिरोले पुरिँदा उनकी ६६ वर्षीया आमा मसुरी बिक, अढाई वर्षीया र छोरी रियन्सी बिक सहित ६७ वर्षीय हुकुम बिक र उनका ४६ वर्षीय छोरा गोरे बिकको मृत्यु भएको थियो ।

जिल्ला प्रशासन कार्यालय गुल्मीले सदरमुकाम तम्घासबाट डाक्डर पठाएर घटना स्लथलमै पोष्टमार्टम गर्ने व्यवस्था मिलाएको थियो । पोष्टमार्टमपछि शवलाई आफन्तको जिम्मा लगाईएको थियो । उक्त शवलाई बुधबार बिहान हिन्दु परम्परा अनुसार दाहसस्कार गरिएको हो ।

दाहसस्कारको क्रममा जिल्ला समन्वय समिति गुल्मीका उप प्रमुख तेजेन्द्र सलामी, मुसिकोट नगरपालिका उप प्रमुख गंगा श्रेष्ठ, सुरक्षा निकाय एवं स्थानीयवासीको सहभागिता रहेको थियो । उक्त घटनामा परि बिष्णु बिक र उनकी श्रीमती मुना बिक गम्भीर घाईते भएका थिए । घाईतेहरूको अहिले मेडिकल कलेज प्रवास पाल्पामा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । यसअघि गत आसार १४ गते गुल्मीको मालिका गाउँपालिका-६ अन्तरगत अर्जेमा पनि पहिरोले घर पुरिँदा एकै घरका पाँच जनाको मृत्यु भएको थियो ।

 

प्रकाशित मिति : २०८१ साउन २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस