२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

यस्तो छ हेलिकप्टर दुर्घटनास्थल (तस्वीरहरू)

२३ साउन, काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका–७, सूर्यचौरमा हेलिकप्टर दुर्घटना हुनेवित्तिकै आगलागी भएको देखिएको छ । घटनास्थलमा पुगेको नेपाल प्रहरीको टोलीले खिचेको तस्वीरमा देखिएअनुसार, दुर्घटनामा एयरडाइनस्ट्रीको हेलिकप्टर टुक्राटुक्रा भएको छ ।

प्रहरीले घटनास्थलबाट ५ जनाको शव निकालेको बागमती प्रदेश प्रहरी प्रमुख डीआईजी विष्णुकुमार केसीले बताउनुभयो । उहाँका अनुसार, मृत्यु हुनेमध्ये ४ जना चिनियाँ नागरिक हुनुहुन्छ । एक जना पाइलट नेपाली नागरिक हुनुहुन्छ । उहाँहरु काठमाडौंबाट रसुवाको स्याफ्रुवेशीका लागि उड्नुभएको थियो ।

हेर्नुहोस् तस्वीरहरुः स्रोत नेपाल प्रहरी

प्रकाशित मिति : २०८१ साउन २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस