२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

खराब मौसमले अन्नपूर्ण एयरको हेलिकोप्टर बाँकेमा आपतकालीन अवतरण

नेपालगन्ज । बैतडीका लागि उडेको अन्नपूर्ण एयरलाईन्सको हेलिकोप्टरले बाँकेमा आपतकालीन अवतरण गरेको छ । काठमाडौंबाट नेपालगन्ज हुँदै उडेको हेलिकोप्टर खराब मौसमका कारण बाँके राप्तीसोनारी भम्कामा आपतकाली अवतरण गरेको हो ।

नागरिक उड्डयन प्राधिकरण नेपालगन्ज टावरका अनुसार हेलिकोप्टर सुर्खेत जाने प्रयास गर्दै थियो तर खराब मौमसले त्यहाँ पुग्न सकेन । हेलिकोप्टरले आपतकालीन अवतरण गरेको ठाउँ नेपालगन्जबाट १२ नटिकल माइल पूर्वमा पर्छ ।

 

प्रकाशित मिति : २०८१ साउन २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस