२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

काभा नेसन्स लिग : इरानसँग नेपालको हार, अन्तिम खेल नखेल्दै नेपाल-भारत सेमिफाइनलमा प्रवेश

काठमाडौं । काभा महिला नेसन्स लिगमा नेपालले पहिलो हार बेहोरेको छ। इरानले नेपाललाई ३-२ को नतिजामा हराउँदै हरायो। लिग चरणको अन्तिम खेलमा घरेलु टोली नेपाललाई माथ दिदैं इरानले ७ अंक बनाएको छ। नेपालले इरान विरूद्ध सुरूवात राम्रो गर्न सकेन। तालमेल नै मिलाउन नसक्दा नेपाल कमजोर बन्यो। इरानले १६-१० को अग्रता बनायो र नेपालले कुनै पनि समय कमब्याक गर्न सकेन। नेपाललले पहिलो सेट १६-२५ ले गुमायो।

तर दोस्रो सेटमा नेपालले सानदार सुरूवात गर्दै ७-० को अग्रता बनायो। यही अग्रतालाई निरन्तरता दिदै दोस्रो सेट २५-१६ ले जित्दै खेललाई १-१ को बराबरीमा पुर्यायो। तेस्रो सेटको सुरूवातमा नेपालले ७-२ को अग्रता बनाएपनि यो अग्रतालाई निरन्तरता दिन सकेन। इरानले ९-९ को बराबरीमा पुर्याएपछि यो सेट प्रतिस्पर्धात्मक बन्यो। जहाँ इरानले तेस्रो सेट २५-२३ ले जित्यो र खेल २-१ को अग्रता बनायो।

चौथो सेटमा नेपाल सम्हाल्ने प्रयासमा थियो। ११-८ को अग्रता लिएपछि नेपालले यो अग्रतालाई बढाउँदै लग्यो। सहजै चौथो सेट नेपालले २५-१५ ले आफ्नो पक्षमा पार्दा खेल दुई दुईको बराबरीमा पुग्यो। खेलको निर्णय पाँचौ सेटबाट भयो। पाँचौ सेटमा इरान नेपाललाई दबाबमा राख्न सफल भयो। युवा टोली भएपनि इरानले देखाएको आत्मविश्वासी प्रदर्शन तारिफयोग्य रहयो। सानदार डिफेन्समा इरानले पाँचौ सेट १५-१३ ले जित्दै नेपाललाई हराउन सफल भयो।

इरानले ४ खेलबाट ७ अंक बनाउँदा नेपालले ३ खेलबाट ६ अंक बनाएको छ। भारतसँग ७, श्रीलंकासँग ४ र माल्दिभ्स अंक बिहिन छ।‌ आज भएको पहिलो खेलमा माल्दिभ्स श्रीलंकासँग हारेसँगै सेमिफाइनलमा पुग्ने चार टिमको टुङ्गो लागिसकेको थियो। नेपाल, भारत, इरान र श्रीलंका सेमिफाइनलमा पुगिसकेका छन्। सेमिफाइनल प्रतिद्धन्द्धी भने लिग चरणका खेल सकिएपछि मात्र तय हुनेछ । लिगको शीर्ष र चौथो टोली तथा दोस्रो र तेस्रो टोलीबीच सेमिफाइनल हुनेछ। लिग चरणको अन्तिम दुई खेल सोमवार हुनेछ।‌ जहाँ श्रीलंका र भारत तथा नेपाल र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ।

 

प्रकाशित मिति : २०८१ साउन २० गते आइतवार
प्रतिक्रिया दिनुहोस