२०८१ असोज ९ गते बुधवार | 2024 September 25th Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

ओली प्रधानमन्त्री बनेपछि सूर्य कुमारी धाउन थालिन सूर्य घर

काठमाडौं । सूर्य घर अर्थात नेकपा (एमाले) को मुख्यालय अहिले ललितपुरका च्यासलमा छ । अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि यहाँ बाक्लो उपस्थिती हुन थालेको छ । ओली नेतृत्वमा पार्टीले सरकार सञ्चालन गरेपछि सत्ताको स्वादमा पल्किएकाहरुदेखि भविष्य देख्नेहरुको झल्को विशेष देखिन्छ ।

पछिल्लो समय पार्टीलाई खासै समय दिन नसकिरहनुभएकी चर्चित अभिनेत्री एवं एमाले नेतृ करिस्मा (सूर्य कुमारी) मानन्धरपनि अहिले सूर्य घर धाउँन थाल्नुभएको छ । उहाँ मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष उपस्थितिमा एमाले संस्कृति विभागको भेटघाट तथा अभिवादन कार्यक्रममा सहभागी हुनुभयो ।

पञ्चेबाजा बजाएर चर्चामा आएका महिला समूह देखि प्रधानमन्त्रीसहित शीर्ष नेताहरुसँग फोटो खिचाउनुभयो । तर उहाँले प्रधानमन्त्रीसँग खिचेको तस्बिर भने सार्वजनिक गर्नुभएको छैन । उहाँले अब फेरि पार्टीमा सक्रिय रहने संकेत देखाउनुभएको छ । चुनाव ताका उहाँको निक्कै सक्रियता देखियो । सांसदको टिकट पाएर चुनाव लड्ने उहाँको धोको थियो ।

तर टिकट नपाएपछि उहाँ केही निस्क्रिय रहनुभयो । तर अहिले अब आगामी चुनावलाई लक्षित गरेर थप सक्रिय हुन चाहेको स्रोतले बतायो । उहाँले भने आफूले अध्ययनलाई समय दिएकाले केही सक्रियता कम भएको जस्तो देखिएको बताउनुभएको छ । उहाँले आफूलाई ढिला पढ्ने समय जुटेकाले त्यता लागेको र केही पारपनि लगाइसकेकाले अब भने पार्टीमा सक्रिय रहँदै पीएचडीसम्म गर्ने लक्ष्य रहेको बताउनुभयो ।

 

प्रकाशित मिति : २०८१ साउन १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस