२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपालले विभिन्न देशलाई बाघ उपहार दिनसक्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले छिमेकी देशहरुलाई बाघ उपहार दिनसक्ने बताउनुभएको छ । वन तथा वातावरण मन्त्रालयले राष्ट्रिय प्रकृति संरक्षण कोषको सभाहलमा सोमबार आयोजना गरेको अन्तर्राष्ट्रिय बाघ दिवस कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो धारणा राख्नुभएको हो ।

बालबालिकाले राखेको प्रश्नमा ओलीले बाघको विकास आवश्यक भएको तर त्यो निश्चित क्षेत्रभित्र हुनुपर्ने बताउनुभयो । नेपालले चीनलाई भद्र र रुपसी, मितिनी र सोल्टी उपहार दिएको उदाहरण दिँदै ओलीले भन्नुभयो, ‘म चीन जाँदा हाम्रा गैंडाको स्वास्थ्यबारेमा सोध्छु । भद्रको निधन भएको छ । अब अर्को दिनुपर्छ होला ।’

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रकाशित मिति : २०८१ साउन १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस