२०८१ असोज ९ गते बुधवार | 2024 September 25th Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

चीनको राजदूतमा कृष्णप्रसाद ओली सिफारिस

Krishna Prasad Oli recommended as ambassador to China

काठमाडौं । सरकारले चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठलाई फिर्ता बोलाएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले श्रेष्ठलाई फिर्ता बोलाएर उहाँको ठाउँमा कृष्णप्रसाद ओलीलाई सिफारिस गरेको एक मन्त्रीले जानकारी दिनुभयो ।

माओवादी केन्द्र निकटका श्रेष्ठ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा राजदूत नियुक्त हुनुभएको थियो । बैठकले अमेरिकामा लोकदर्शन रेग्मी, बेलायतमा चन्द्र घिमिरे, दक्षिण कोरियामा शिवमाया तुम्बाहाङ्फे, मलेसियामा डा. नेत्र तिमल्सिना सिफारिस गरेको छ ।

त्यस्तै भारतका लागि नेपाली राजदूतमा भने शंकर शर्मालाई नै निरन्तरता दिने निर्णय भएको एक मन्त्रीले जानकारी दिनुभयो । शर्मालाई माओवादी–एमाले गठवन्धन सरकारले अघिल्लो महिनामात्रै फिर्ता बोलाएको थियो । सत्ता गठवन्धन फेरिएसँगै काँग्रेस सिफारिसमा नियुक्त हुनुभएका शर्मालाई दिल्लीमै निरन्तरता दिने नयाँ निर्णय भएको हो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रकाशित मिति : २०८१ साउन १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस