२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आज सुनको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?

Gold Price Today Nepal

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १ लाख ४५ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार बढेर १ लाख ४६ हजार १०० रुपैयाँ कायम भएको हो ।

यस्तै तेजाबी सुन तोलामा १ लाख ४५ हजार ४०० रुपैयाँ कायम भएको पनि महासंघको भनाइ छ ।

यस्तै सोमबार चाँदीको मूल्य तोलामा १ हजार ७५० रुपैयाँमा कारोबार भएको छ । यसअघि आइतबार चाँदी तोलामा १ हजार ७४० रुपैयाँमा कारोबार भएको थियो ।

 

प्रकाशित मिति : २०८१ साउन १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस