२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कथा बाचिका देवी प्रतिभाले विभेदकारी प्रवचन दिएको भन्दै सर्वत्र आलोचना

काठमाडौं । नेपाल आमाकी छोरी देवी प्रतिभा विश्वभर सफल कथा बाचिका भएको भनेर चर्चा चुलिइरहेका बेला उहाँको आलोचना गर्नेहरुपनि बढिरहेका छन् । कथा बाचनको क्रममा उहाँले विभेदकारी प्रवचन दिइरहेको भन्दै देवी प्रतिभाको तिव्र आलोचना भइरहेको हो ।

श्री पशुपति कोटिहोम १०८ श्रीम‌द्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ २०८१ मा नेपाल आएर प्रवचन दिइरहनुभएकी देवी प्रतिभाको छोरा–छोरीका सम्बन्धमा दिएको प्रवचन विवादमा परेको हो । देवी प्रतिभा भारतमा सबैभन्दा चर्चित कथा बाचिका हुनुहुन्छ ।

‘उहाँले हजुरको घरमा छोरा छ तर छोरी छैन भने त्यो घरमा कहिलैपनि खुशी आउँदैन, रौनक गर्ने त केबल छोरीले मात्रै हो । पुत्रले एउटा कुललाई तार्छ तर पुत्रीले दुई वटा कुललाई तार्छिन् । भनिन्छ भाग्यशाली हुन्छन् ती आमा–बुबा जसको घरमा पुत्रको जन्म हुन्छ र शौभाग्यशाली हुन्छन् ती पिता जसको घरमा छोरीको जन्म हुन्छ, जसको घरमा छोरीको जन्म हुन्छ !!’

यो प्रवचन विभेदकारी भएको भन्दै उक्त भिडियो अहिले गालीका शब्दसहित भाइरल बनिरहेको छ । छोरा होस् वा छोरी जो भएपनि शौभाग्यशाली र भाग्यशाली नै हुन्छन् । विभेद गर्नुहुन्न भन्ने दृष्टिकोण राखेर यो भिडियो भाइरल भइरहेको हो । पछिल्लो समय एक मात्र सन्तान बनाउँने पुस्ताहरुले उहाँको विभेदकारी प्रवचनको खुबै विरोध गरिरहेका छन् । उहाँले समाज भाँड्न खोजेको आरोप लगाइरहेका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

 

प्रकाशित मिति : २०८१ साउन १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस