२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कोठा भित्र सबैको मनमा बसेका डाक्टर मृत फेला

उर्लाबारी, साउन १० गते । मोरङको उर्लाबारी ५ स्थित अरनिको अस्पतालमा कार्यरत डाक्टर मनिषकुमार यादव कोठामा मृत भेटिनुभएको छ । बिहीबार बिहान उहाँ कोठामा अचेत अवस्थामा भेटिनुभएको थियो । यादव अस्पताल पछाडि सरिता धिमालको घरमा डेरा गरी बस्दै आउनुभएको थियो ।

३५ वर्षीय यादवलाई छिमेकी चन्द्रप्रसाद भट्टराईले झ्यालबाट अचेत अवस्थामा लडिरहेको देख्नु भएको थियो । भित्रबाट चुकुल लगाएर सुतेका डाक्टरलाई अचेत अवस्थामा देखेपछि भट्टराईले प्रहरीलाई खबर गर्नु भएको थियो । प्रहरीले ढोका फुटाएर ८ : ४० बजे मा अरनिको अस्पताल पुर्‍याउँदा डाक्टरले उहाँलाई मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक देवेन्द्र दासले बताउनुभयो ।

शव पोस्टमार्टमका लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लाबारी ३ मङ्गलवारे पठाइएको छ । डेढ वर्षदेखि अस्पतालमा कार्यरत डाक्टर यादवको स्थायी घर धनुषाको ओरही गापा वडा नं १ पुरनदहिया हो ।

प्रकाशित मिति : २०८१ साउन १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस