२०८१ कार्तिक २ गते शुक्रवार | 2024 October 18th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भानुभक्त मेमोरियल विद्यालयको ५९औँ वार्षिकोत्सव‌मा मैत्रीपूर्ण नेटबल खेल सम्पन्न

काठमाडौं । भानुभक्त मेमोरियल विद्यालयको ५९औँ वार्षिकोत्सव‌को अवसरमा मैत्रीपूर्ण नेटबल खेल सम्पन्न भएको छ । काठमाडौं, पानीपोखरी, स्थित भानुभक्त मेमोरियल विद्यालयले आयोजना गरेको उपत्यकाव्यापी नेट बल प्रतियोगीतामा विभिन्न विद्यालयको सहभागीता रहेकोमा आयोजक भानुभक्त भानुभक्त मेमोरियल विद्यालय, ज्ञानोद‌य बालबाटीका र मल्पी सिटी स्कुलको सहभागिता रहेको थियो ।

उक्त खेलमा सहभागी भानुभक्त मेमोरियल विद्यालयले मल्पी सिटी स्कुललाई पराजित गरेको थियो । उक्त कार्यक्रम नेपाल नेटवल सङ्‌घका महासचिव दिपक लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । प्रमुख अतिथि लामाले मन्तव्यको क्रममा खेलले मित्रता, सौहार्दता, अनुशासन तथा शारीरिक र मानसिक विकास गराउने बताउनुभएको थियो । कार्यक्रमका सभापतित्व विद्यालयकी प्रधानाध्गापक ईश्वरी ढुङ्‌गानाले गर्नुभएको थियो । कार्यक्रममा सबै प्रतियोगी विद्यार्थीहरुलाई मेडल र प्रमाणपत्र समेत वितरण गरी हौसला बढाइएको थियो ।

 

 

प्रकाशित मिति : २०८१ साउन ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस