२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

प्रधानमन्त्री ओलीले साउन ६ गते बिश्वासको मत लिने, ६ गते नै देशवासीको नाममा सम्बोधन

काठमाडौं, साउन २ । प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते विश्वासको मत लिने हुनुभएको छ । असार ३० गते प्रधानमन्त्री नियुक्त भई ३१ गते पद तथा गापनीयताको शपथ लिई कार्यभार सम्हाल्नुभएका ओलीले साउन ६ गते नै बिश्वासको मत लिन लाग्नुभएको हो ।

सत्तापक्षका मुख्य सचेतक महेश बर्तौलाले प्रधानमन्त्री ओलीले साउन ६ गते आइतबार विश्वासको मत लिने तय भएको जानकारी दिनुभयो । संविधानतः प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्छ । तर प्रधानमन्त्री ओलीले ढिला नगरी विश्वासको मत लिएर सरकारको कामलाई तीब्रता दिने निर्णय लिनुभएको हो ।

केही मन्त्री र सत्तापक्षका सचेतकहरुसँग आज छलफल गरेपछि प्रधानमन्त्री ओलीले विश्वासको मत लिने तय गर्नुभएको हो । प्रधानमन्त्री ओलीको यो निर्णयसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले साउन ६ गते बिश्वासको मत लिने प्रयोजनका लागि बैठक बोलाउन संसद सचिवालयमा पत्र पठाएको छ । सत्तापक्षका मुख्य सचेतक बर्तौलाका अनुसार प्रधानमन्त्री ओलीले ६ गते संसदबाट देशबासीका नाममा सम्बोधन गर्ने कार्यक्रम समेत रहेको छ ।

 

प्रकाशित मिति : २०८१ साउन २ गते बुधवार
प्रतिक्रिया दिनुहोस