२०८१ असोज ९ गते बुधवार | 2024 September 25th Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सरकार बने लगत्तै पुरानो घर फर्किने बाढी, एस मकवानपुर पूर्वउपाध्यक्षसहितका नेता एमालेमा फर्किए

हेटौँडा । पार्टी विभाजनको समयमा नेकपा एकीकृत समाजवादी पुगेका पुराना एमाले मकवानपुरका नेताहरू पुनः एमालेमा फिर्ता भएका छन् । मकवानपुरमा मात्र हैन देशभर नै सरकार बनेसँगै पुरानो घर फर्किनेहरुको बाढी आउन लागिरहेको छ ।

एमाले मकवानपुरको पार्टी कार्यालयमा भएको कार्यक्रमबीच एकीकृत समाजवादीका पूर्वउपाध्यक्ष भूमिनन्द अर्याल, एस मकवानपुरका सचिवालय सदस्य कालू ढकाल तथा जिल्ला सदस्य जविन्द्र थोकर एमालेमा फर्किनुभएको छ ।

एमाले केन्द्रीय सदस्य केदार न्यौपाने, जिल्ला अध्यक्ष श्रीधर पोखरेल सहितका नेताहरुले समाजवादीका नेताहरूलाई एमालेमा स्वागत गर्नुभयो । कार्यक्रममा बोल्दै जिल्ला अध्यक्ष पोखरेलले एमाले छाडेर समाजवादी पुगेका एमाले नेता तथा कार्यकर्ता क्रमिक रूपमा एमालेमा फर्कने क्रममा रहेको बताउनुभयो ।

 

प्रकाशित मिति : २०८१ साउन १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस