२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

यात्रुबाहक बस दुर्घटना हुँदा १५ जना घाइते, चालक–सहचालक पक्राउ

१ साउन, काठमाडौं । बाराको सिमरामा यात्रुबाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । तीन जनाको अवस्था गम्भीर छ । चितवनको नारायणगढबाट पर्साको वीरगञ्ज आउँदै गरेको ना ७ ख ६०७६ नम्बरको बस आज बिहान ११ बजेतिर बाराको जीतपुरसिमरा–२३ मा सडकमै पल्टिएको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिनुभयो ।

घाइतेहरुको वीरगञ्जको गण्डकस्थित नारायणी बयोधा मेडिसिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बस चालक र सहचालकलाई नियन्त्रणमा राखेर थप अनुसन्धान गरिरहेको डिएसपी न्यौपानेले बताउनुभयो ।

 

प्रकाशित मिति : २०८१ साउन १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस