२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मुकुल ढकाललाई पार्टीका सम्पूर्ण जिम्मेवारीबाट हटाईयो

२५ असार, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले निलम्बित महामन्त्री मुकुल ढकाललाई पार्टीका सम्पूर्ण जिम्मेवारीबाट हटाएको छ । पार्टी सदस्य मात्रै रहनेगरी ढकाललाई महामन्त्री,केन्द्रीय सदस्य र प्रवक्ताको जिम्मेवारीबाट हटाइएको हो ।

पार्टी प्रवक्ता मनिष झाले मंगलबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले उनलाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट हटाउने निर्णय गरेको जानकारी दिए । उनले केन्द्रीय अनुशासन समितिको सिफारिसमा ढकाललाई जिम्मेवारीमुक्त गरिएको बताए । अनुशासन आयोगमा पुनरावेदन गर्नका लागि ढकाललाई ३५ दिनको समय दिएको प्रवक्ता झाले बताए । रास्वपाको केन्द्रीय अनुशासन आयोगले ढकाललाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गर्न सिफारिस गरेको थियो ।

पार्टी अनुशासनविपरीत कार्य गरेको भन्दै गत बुधबार बसेको केन्द्रीय समितिको बैठकले ढकाललाई महामन्त्री र प्रवक्ताको पद सात दिनका लागि निलम्बन गरेको थियो । थप कारबाहीको सिफारिस गर्न अनुशासन आयोगलाई पार्टीले निर्देशन दिएको थियो ।

प्रकाशित मिति : २०८१ असार २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस