२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मनसुनजन्य विपदबाट मृत्यु हुनेको संख्या ७४ पुग्यो, ८८ जना घाइते

२५ असार, काठमाडौँ । नेपालमा मनसुन सुरु भए यता विपदमा परेर ७४ जनाको मृत्यु भएको छ । विभिन्न स्थानमा आएको बाढी, पहिरो, डुबानलगायत विपदमा परी ७४ जनाको मृत्यु भएको छ भने ८८ जना घाइते भएका छन् ।

विपद्जन्य घटनामा गरी काठमाडौँ उपत्यकामा एक, कोशी प्रदेशमा १८, मधेश प्रदेशमा तीन, बागमती प्रदेशमा चार, गण्डकी प्रदेशमा २२, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा चार र सुदूरपश्चिम प्रदेशमा चार गरी ७४ जनाको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता डीआईजी दानबहादुर कार्कीले जानकारी दिए ।

यस्तै विपद्मा परेका ५३ जनाको उद्दार गरिएको छ । कोशी प्रदेशमा ४१ र गण्डकीमा १२ गरी ५३ जनाको उद्धार गरिएको हो ।

बाढी पहिरोमा परी कोशी प्रदेशमा दुई, बागमतीमा दुई र सुदूरपश्चिममा एक गरी पाँचजना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । बाढीका कारण सयौं घर डुबानमा परेका छन् । यस अवधिमा विपद्का घटनाबाट दुई हजार दुई सय ९६ परिवार विस्थापित भएका छन् ।

प्रकाशित मिति : २०८१ असार २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस