२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?

exchange american dollar

२५ असार , काठमाडौँ । आज २०८१ साल असार २५ गते मंगलबार सन् २०२४ जुलाई ९ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । लगातार बढेको बेलायती पाउण्डको खरिद दर १७० रुपियाँ ९६ पैसा पुग्दा र बिक्री दर १७१ दशमलव ७३ रुपैयाँ पुगेको छ ।

राष्ट्र बैंकका अनुसार मंगलबार अमेरिकी डलरको खरिद दर घट्दा बिक्रीदर भने सामान्य बढेको छ । खरिद दर स्थिर रहेको कतारी रियलको बिक्रीदर बढेको छ । आजका लागि यूरोको विनिमयदर घटेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३० पैसा र बिक्री दर १३३ रुपैयाँ ९० पैसा पुगेको छ।

युरो एकको खरिद दर १४४ रुपैयाँ ३५ पैसा र बिक्री दर १४५ रुपैयाँ शून्य पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ ९६ पैसा र बिक्री दर १७१ रुपैयाँ ७३ पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५५ पैसा र बिक्री दर ३६ रुपैयाँ ७२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

 

प्रकाशित मिति : २०८१ असार २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस