२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

वाग्मतीका मुख्यमन्त्री जम्कट्टेलले तत्काल राजीनामा नदिने, विश्वासको मत लिने

२४ असार, काठमाण्डौँ । वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेले तत्काल राजीनामा नदिने भएका छन् । केन्द्रीय तहमा कांग्रेस–एमालेको गठबन्धन निश्चित बनेसँगै नेकपा माओवादी केन्द्र संसदीय दलका नेता जम्कट्टेल नेतृत्वको प्रदेश सरकार अल्पमतमा परिसकेको छ ।

सोमबार सदनको दोस्रो ठूलो दल नेकपा एमालेले समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिइसकेको छ । वाग्मती प्रदेशमा रहेको ११० सदस्यमध्ये कांग्रेस ३७ र एमाले २७ गरी हालको गठबन्धनसँग ६४ सांसद रहेका छन् । जुन नयाँ सरकार गठन गर्न पर्याप्त हो । कांग्रेस–एमालेबाट सदनमा रहेका सबै दल मिल्दा समेत अब जम्कट्टेल नेतृत्वको सरकार जोगिने अवस्था छैन ।

प्रकाशित मिति : २०८१ असार २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस