२०८१ असोज ५ गते शनिवार | 2024 September 21st Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मेलम्चीसहित देशका यी ७ नदीमा भीषण बाढी, आकस्मिक सूचना जारी

काठमाडौँ । जल तथा मौसम विभागको बाढी पूर्वानुमान शाखाले सिन्धुपाल्चोकको मेलम्ची नदीमा बाढीले खतराको तह पार गरेको जनाएको छ । मेलम्चीको नकोटेमा रहेको स्टेसनले हाल जल सतह बढिरहेको विवरण पठाएको छ ।

नदीमा पानीको सतह साढे ४ मिटर बढ्दा खतराको तह हुनेमा अहिले झन्डै ५ मिटर जल सतह बढेको र यो बढ्ने क्रममा रहेकोले मेलम्ची, इन्द्रावती, सुनकोसी किनारमा सतर्कता अपनाउन भनिएको छ । यस्तै भक्तपुरको हनुमन्ते खोलामा पनि बाढीको मात्रा बढिरहेको छ । १३ सय ९ मिटर जल सतह बढेको र बढ्ने क्रम रहेकोले भक्तपुरका खोला आसपास सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । यस्तै बागमती नदीले पनि जल सतह पार गरेको छ । नारायणी नदीमा पनि बाढीको मात्रा बढ्दो क्रममा रहेको मौसम विभागको बाढी पूर्वानुमान शाखाले जनाएको छ ।

देवघाटमा रहेको स्टेसनले गरेको मापन अनुसार नारायणी नदीले ७ दशमलव ३ मिटर जल सतह पार गर्दा खतराको तहमा हुने अवस्थामा हाल ८ दशमलव ४ मिटर जल सतह पार गरेको छ । यस्तै नारायणघाटमा पनि नारायणी नदीले जल सतह पार गरेको छ । लमजुङको बिमलनगरमा मर्स्याङ्दी नदी र कोशी नदीले बन्गाई क्षेत्रमा खतराको तह पार गरेको छ । दिउँसो १ बजेसम्म विभागले दिएको आँकडाअनुसार देशका ४१ स्थानमा भारी वर्षा भइरहेको छ ।

प्रकाशित मिति : २०८१ असार २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस