२०८१ असोज ५ गते शनिवार | 2024 September 21st Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आज सुनको मूल्य तोलामा १ लाख ४४ हजार ३०० रुपैयाँ पुग्यो

Gold Price Today Nepal

काठमाडौँ । स्थानीय बजारमा बिहीबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य बढेर तोलामा १ लाख ४४ हजार ३०० रुपैयाँ पुगेको हो ।

महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा १ लाख ४२ हजार ७०० रुपैयाँ थियो । बुधबारको तुलनामा बिहीबार सुनको मूल्य तोलामा १ हजार ६०० रुपैयाँ बढेको हो।यसैगरी तेजाबी सुन तोलामा १ लाख ४३ हजार ६०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । यस्तै बिहीबार चाँदीको मूल्य तोलामा १ हजार ८६५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ८२५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २०८१ असार २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस