२०८१ असोज ८ गते मङ्गलवार | 2024 September 24th Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

यी हुन् एमाले सचिवालय बैठकका निर्णयहरु

काठमाडौं । नेकपा (एमाले) र नेपाली कांङ्ग्रेसले नयाँ सरकार बनाउने सहमति गरेसँगै नेपाली राजनीति तरंगित भएको छ । यसै सन्दर्भमा छलफल गर्न भनि नेकपा (एमाले) ले आज सचिवालय बैठक बोलाएको थियो । उक्त बैठक ३ वटा महत्वपूर्ण निर्णय गर्दै सकिएको छ ।

बैठकले सोमबार मध्यरातमा नेकपा एमाले र नेपाली कांग्रेसबीच नयाँ सरकार निर्माणका लागि भएको सहमतिको अनुमोदन गरेको छ । त्यस्तै, बैठकले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन अन्य दललाई आह्वान गर्ने निर्णय पनि गरेको बताइएको छ ।

त्यसैगरी राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आह्वान गर्ने निर्णय पनि आज बसेको एमाले सचिवालय बैठकले गरेको छ ।

 

प्रकाशित मिति : २०८१ असार १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस