२०८१ असोज ८ गते मङ्गलवार | 2024 September 24th Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कांग्रेस मुख्यालयमा ओली पुग्दा शीर्ष नेताहरु नमस्कार गर्दै अघिपछि [६ तस्वीर]

१८ असार, काठमाडौं । नेपाली कांग्रेसले पार्टीका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्म जयन्तीको अवसरमा गरेको ऐतिहासिक फोटो प्रदर्शनी हेर्न नेकपा (एमाले) का अध्‍यक्ष केपी शर्मा ओली कांग्रेस मुख्यालय सानेपा पुगेका छन् । नेपाली कांग्रेस केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागको आयोजनामा ‘क्रान्ति देखि शान्तिसम्म’ नाम दिएर गरिएको ऐतिहासिक फोटो प्रदर्शनी अवलोकन गर्न ओली कांग्रेस पार्टी मुख्यालय सानेपा पुगेका हुन् ।

फोटो प्रदर्शनीको पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गरे । फोटो प्रदर्शनीको पूर्वप्रधानमन्त्री ले अवलोकन गरिसकेका छन् । फोटो प्रदर्शनीमा प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईलगायत सबै पूर्वप्रधानमन्त्रीहरुले अवलोकन गरेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । फोटोमा क्रान्तिदेखि शान्तिसम्मको विभिन्न कालखण्डमा गिरिजाप्रसाद कोइरालाको भूमिकालाई अटाइएको उनले बताए ।

फोटो प्रदर्शनीको अलावा क्रान्तिदेखि शान्तिसम्म विषयमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला र नेकपा (एमाले) का नेता प्रदीपकुमार ज्ञवालीले विचार राख्ने कार्यक्रम रहेको छ । त्यसैगरी समुन्नतिको दोस्रो जग भन्ने शिर्षकमा छलफल काठमाडौं विश्वविद्यालयका प्राध्यापक डाक्टर अच्युत वाग्ले, हरि शर्मा र मञ्चला झाले अभिव्यक्ति राख्ने जानकारी दिइएको छ ।

कार्यक्रममा ‘फोटो पत्रकारिता : जोखिम र अनुभव’ शीर्षकमा फोटो पत्रकार गोपाल चित्रकार, मीनरत्न बज्राचार्य, विकास रौनियार, चन्द्रशेखर कार्की, प्रकाश माथेमा, विकास कार्की लगायतका फोटोपत्रकारहरुले पनि बोल्ने कार्यक्रम रहेको प्रमुख विश्वकर्माले जानकारी दिए ।

तस्वीरहरू : बाल्कोट फेसबुक पेजबाट

प्रकाशित मिति : २०८१ असार १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस