२०८१ असोज ५ गते शनिवार | 2024 September 21st Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एमालेका मन्त्रीहरूले आज राजीनामा दिँदै

असार १८, काठमाडौँ । नेपाली कांग्रेससँग सत्ता सहकार्य गर्ने सहमति भएसँगै प्रचण्ड नेतृत्वको सरकारमा रहेका नेकपा एमालेका मन्त्रीहरूले आज राजीनामा दिने भएका छन् ।

मंगलबार मध्यराति वर्तमान गठबन्धन तोडेर एमालेले नेपाली कांग्रेससँग सत्ता समीकरण बनाउने सहमति गरेको हो । योसँगै नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न लागिएको हो ।

यसका लागि आजै आफ्ना पार्टीका मन्त्रीहरूले राजीनामा दिने एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताएका छन् । साथै उनले परिवर्तित अवस्था बुझेर प्रधानमन्त्री प्रचण्डले पनि आजै राजीनामा दिने विश्वास गरिएको बताए ।

#राजीनामा

प्रकाशित मिति : २०८१ असार १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस