२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नागरिक उन्मुक्ति पार्टी संसदीय दलको नेतामा रञ्जिता हटाएर गंगाराम चयन !

१७ असार , काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी नाउपाका प्रतिनिधिसभामा रहेका बहुमत सदस्यले दलको नेताबाट रञ्जिता चौधरीलाई हटाएका छन् ।
अध्यक्ष समेत रहेकी श्रेष्ठलाई दलको नेताबाट हटाउँदै बहुमत सांसदले यसअघि दलको प्रमुख सचेतक रहेका गंगाराम चौधरीलाई दलको नेता चयन गरेका छन् ।

प्रतिनिधिसभामा नागरिक उन्मुक्ति पार्टीका चार सांसद छन् । जसमध्ये गंगा चौधरी, अरुण चौधरी र लालवीर चौधरी ९रेशम चौधरीका बुबा०ले श्रेष्ठलाई दलको नेताबाट हटाएका हुन् । गंगा चौधरीलाई दलको नेता चयन गरेपछि प्रमुख सचेतकको जिम्मेवारी लालवीर चौधरीलाई दिइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले भोलि मन्त्रिपरिषद विस्तार गरी रञ्जिता चौधरीलाई मन्त्री बनाउने तयारी गरिरहेका बेला नाउपाका बहुमत सांसदले दलको नेताबाट हटाएका हुन् ।

प्रकाशित मिति : २०८१ असार १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस