२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मौसम पूर्वानुमान : आगामी बिहीबारसम्म देशभर पानी पर्ने, ३४ जिल्लामा ‘रेड अलर्ट’ जारी

weather today

१७ असार, काठमाण्डौँ । मनसुन सक्रिय हुँदै गएकाले आउँदो बिहीबारसम्म देशका विभिन्न ठाउँमा निरन्तर पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही जिल्लामा ठूलो पानी पर्ने सम्भावना छ ।

वर्षाबाट ३४ जिल्ला अति प्रभावित हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । विशेष बुलेटिन जारी गर्दै महाशाखाले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका ३४ जिल्लामा रेड अलर्ट जारी गरेको हो ।

यसैगरी २६ जिल्लामा मध्यम जोखिमको सम्भावना रहेको भन्दै यलो अलर्ट जारी गरेको छ । रेड अलर्टले अति जोखिम र यलो अलर्टले मध्यम जोखिमको संकेत गर्दछन् । विगत केही दिनदेखि देशभर मनसुनी वायु सक्रिय छ । न्यून चापीय रेखा आगामी केही दिन नेपालको दक्षिण भूभागरसिमाना आसपास रहने भएकोले मनसुन थप सक्रिय हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसअघि महाशाखाले असार १२ गतेदेखि १७ गतेसम्म सतर्कताको सूचना जारी गरेको थियो ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा बिहानैदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका एक(दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ ।

प्रकाशित मिति : २०८१ असार १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस