२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

दोहोरो अंकले घट्यो नेप्से, कारोबार साढे ३ अर्बमा सीमित

असार १६, काठमाडौँ । आज नेपाल स्टक एक्सचेन्ज नेप्से १४.८३ अंकले घटेको छ । साताको पहिलो दिन आइतबार भएको शेयर कारोबारमा नेप्से घटेर २०३७.०९ को अंकमा आएको हो ।

आइतबार भएको शेयर कारोबारमा १९० वटा कम्पनीको शेयर मूल्य घट्यो भने जम्मा ४९ वटा कम्पनीको मात्रै शेयर मूल्य बढ्यो । त्यस्तै ७ वटा कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन भएन । आज नेप्सेमा ९१ लाख ७८ हजार ८९५ कित्ता शेयर कारोबार हुँदा ३ अर्ब ६० करोड ७१ लाख ९८ हजार ४०७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै मुक्तिनाथ कृषि कम्पनीका लगानीकर्ताले कमाए भने मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए ।

प्रकाशित मिति : २०८१ असार १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस