२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सिम कार्ड लिन तथा अन्य सरकारी र निजी सेवाका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य

१३ असार, काठमाण्डौँ । अब मोबाइलको सिमकार्ड लिन अनिवार्य रुपमा राष्ट्रिय परिचयपत्र हुनुपर्ने भएको छ । आगामी माघ १ गतेदेखि मोबाइलको सिमकार्ड लिन अनिवार्य रुपमा राष्ट्रिय परिचयपत्र पेश गर्नुपर्ने भएको हो ।

सोमबार गृह मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको सूचनाका अनुसार टेलिफोन तथा सिमकार्डसम्बन्धी सेवाका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको हो । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ को दफा ३ र १० को प्रयोजनका लागि राष्ट्रिय परिचयपत्रको प्रयोग सम्बन्धमा यस्तो सूचना जारी उल्लेख छ ।

यससँगै अब सरकारी निकाय, संस्था तथा निजी क्षेत्रबाट प्रवाह गरिने सार्वजनिक सेवा सुविधा प्राप्त गर्न राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचय नम्बर पेश गर्नुपर्नेछ । यसअघि भने यस्तो सेवा लिनका लागि नागरिकता प्रमाणपत्रको देखाउनु पर्ने व्यवस्था थियो ।

प्रकाशित मिति : २०८१ असार १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस