२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

‘अंश र वंशमा नारीको अधिकार हुनै पर्छ, आमाको नामबाट नागरिकता सहजरूपमा दिलाइयोस्’

Rastriye Sabha

काठमाडौं । राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले आमाको नामबाट नेपाली नागरिकता सहजरूपमा दिलाउन सरकारसँग माग गरेका छन् । आमाको नामबाट नागरिकता पाउन सहज नभएको गुनासो गर्दै उनीहरूले अंश र वंशमा नारीको अधिकार हुनुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै सांसद गङ्गाकुमारी बेल्बासेले आमाको नामबाट नेपाली नागरिकता पाउने व्यवस्था सहज हुनुपर्ने बताइन् । सांसद तारामान सुनुवारले सामाजिक सुरक्षालगायत अन्य सरकारी सेवा लिन राष्ट्रिय परिचयपत्रको व्यवस्थाका कारण नागरिकले झन्झट व्यहोर्नुपरेको बताइन् ।

सांसद तुलसाकुमारी दाहालले जनकपुरस्थित जानकी वृद्धाश्रमलाई सरकारले सहयोग नगर्दा स्वास्थ्योपचार गर्न वृद्ध वृद्धालाई असहज भएको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । सांसद भगवती न्यौपाने काठमाडौंमा ट्राफिक बत्ती जडान भए पनि राम्रोसँग काम नगरेको भन्दै सो व्यवस्थापनमा सरकारको ध्यान जानुपर्ने बताइन् ।

सांसद मायाप्रसाद शर्माले बाढी, पहिरोबाट घाइते भएकाको समयमै उद्धार गर्नुपर्ने तथा मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न आवश्यक कदम चाल्न सरकारसँग माग गरिन् । सांसद शारदादेवी भट्ट र सुमित्रा बिसीले वर्षायामको सुरुसँगै जनधनको क्षति भएको भन्दै पूर्व तयारी गर्नुपर्नेमा जोड दिएका छन् ।

 

प्रकाशित मिति : २०८१ असार १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस