२०८१ असोज ६ गते आइतवार | 2024 September 22nd Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

रोमानिया समूह विजेता, बेल्जियम र स्लोभाकिया पनि अन्तिम १६ मा

काठमाडौं । स्लोभाकियासँग बराबरी खेल्दै रोमानिया समूह ईको विजेता बन्दै युरो २०२४ को अन्तिम १६ मा प्रवेश गरेको छ । स्लोभाकिया पनि उत्कृष्ट तेस्रो टोली बन्दै अर्को चरणमा पुग्न सफल भएको हो । फ्रांकफर्टमा भएको रोमाञ्चक खेल १–१ को बराबरीमा टुङ्गियो । ओन्ड्रेज डुडाले २४ औँ मिनेटमा गोल गर्दै स्लोभाकियालाई अग्रता दिलाएका थिए । तर, ३७ औँ मिनेटमा राजभान मरिनले गोल गरेपछि खेल बराबरीमा टुङ्गियो ।

उता, समूहको अन्य खेलमा बेल्जियम र युक्रेनले पनि गोलरहित बराबरी खेले । दुवै खेल बराबरीमा सकिएपछि सबै टोलीले ४–४ अङ्क बटुल्दै समूह चरणको खेल सकियो । समान अङ्क भए पनि रोमानिया शीर्ष स्थानमा रह्यो भने बेल्जियम दोस्रो र स्लोभाकिया तेस्रो स्थानमा कायम रह्यो । चौथो स्थानमा रहेको युक्रेनको समान अङ्क भए पनि गोल अन्तरको आधारमा प्रतियोगिताबाट बाहिरिन पुगेको छ ।

 

प्रकाशित मिति : २०८१ असार १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस