२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बुढीखोला बाढीले एकै परिवारमा थपिएको पिडा : एकको मृत्यु, दुई जना बेपत्ता !

असार १२, मोरङ । मोरङ र सुनसरीको सीमानामा पर्ने बुढीखोलाको बाढीले एकै परिवारका चार जनालाई बगाएको छ । माछा मार्ने क्रममा सुन्दरहरैंचा नगरपालिका–५ का एकै परिवारका चार जना बगेका हुन् । त्यसमध्ये एकको मृत्यु भएको छ । फुदनी भन्ने २२ वर्षीया प्रेमकला चौधरीको शव फेला परेको वडाध्यक्ष गणेश चौधरीले जनाकारी दिए ।

यसै गरी बाढीले बगाउँदा सो परिवारका दुई जना बेपत्ता छन् । बेपत्ता हुनेमा ६० वर्षीया असरादेवी चौधरी मृतक महिलाकी सासु र अन्दाजी २५ वर्षीया जेठी बुहारी फुला चौधरी रहेका छन् ।

प्रकाशित मिति : २०८१ असार १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस